फिल्म ‘उचाइ’को युनिट भारत फर्कियो

Nepal Cover
१४ कार्तिक २०७८, आईतवार
image

काठमाडौं-छायांकनका क्रममा नेपाल आएको बलिउड फिल्म ‘उचाइ’ युनिट भारत फर्किएको छ ।

उचाइको कलाकार तथा प्राविधिक टोली नेपालमा छायांकन सकेर शनिबार स्वदेश फर्किएको हो।

फिल्म ‘उचाइ’ सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको छ ।

फिल्म छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका चर्चित बलिउड कलाकार नेपाल आएका थिए ।

फिल्मको लुक्ला, मनाङ, मुस्ताङ काठमाडौं लगायतका ठाउँमा छायांकन गरिएको छ।

मित्रताको कथामा रहेको भनिएको फिल्ममा अमिताभ बच्चन र डेनी डेनजोङ्पाको मुख्य भूमिका रहनेछ ।

छायांकनका लागि अमिताभ र डेनी पनि नेपालमा आउने भनिए पनि विविध कारण आउन सकेनन्।

फिल्ममा परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुषा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा लगायतका नेपाली कलाकारकाे पनि अभिनय रहेकाे छ।

‘मैंने प्यार किया’, ‘हम आपके हैं कौन’, ‘हम साथ साथ हैँ’ लगायत सफल र चर्चित फिल्म लेखन तथा निर्देशन गरेका सुरजको यो आठौं फिल्म हो।

‘उचाइ’ २०२२ मा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।