अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका२ नागढुङ्गामा बा.७ ख ५८६४ नम्बरको बसबाट नियन्त्रित लागूऔषध ५ सय ७५ ट्याब्लेट नाइट्राभेट सहित सिरहा कर्जना नगरपालिका–९ बस्ने १९ वर्षीय राहुल कुमार पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार पासवानले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।…
सम्पत्ती न्यूज
११ मंसिर २०७७, बिहीबार