वर्षाले सडक अवरुद्ध
अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ सिद्धबाबा, सिसुवा, तिनाउ–५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।…
सम्पत्ती न्यूज
१३ भाद्र २०७८, आईतवार