२ हजार बढी नेता कार्यकर्ता लिएर नेपालको पार्टीमा जान्छुः बामदेव गौतम

  Sampatti News

August 22, 2021

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले आफु ओलीसँग सहकार्य गरेर अगाडी बढ्न नसकिने बताएका छन् । पत्रकार ऋषी धमलाको जनता जान्न चाहान्छन् कार्यक्रममा अन्तरवर्ता दिँदै गौतमले ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै धारासायी भएकाले आफु ओलीसँग रहन नसक्ने स्पष्टिकरण दिएका हुन् ।

उनले आफु माधव नेपालले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादी) पार्टीमै जाने स्पष्ट पारेका छन् । उनले भनेका छन्,–माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’

उनले समाजवादी पार्टीमा रहेर आफुले पार्टी एकताका लागि पहल गर्ने पनि बताए । देउवा सरकारमा आफु मन्त्री नहुने पनि गौतमले स्पष्ट पारेका छन् ।

२०७८ भदौँ ६ गते प्रकाशित

प्रकाशित मिति:August 22, 2021