पार्टीको अस्तित्व जोगाउन शेखर कोइरालाका सुझाव

Nepal Cover
११ जेष्ठ २०८३, सोमबार
image

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई फुटबाट जोगाउन आफूले पाँच बुँदे सुझाव दिएका छन्।

पार्टीको समग्र एकता नभइ आफूहरूले राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने बताउँदै आएका उनले विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर खानु मात्र नभइ आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुगेको जिकिर गरिरहेका छन‍्। कोइरालाले बारम्बार पार्टी एकताका लागि विभिन्न प्रस्तावहरू पनि राख्दै आएका छन्।

उनले सर्वप्रथम १५औं महाधिवेशनको लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य नगर्न सुझाव दिएका छन्। यस्तै, १४औं महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने, कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने र निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने सुझाव उनले दिएका छन्।