शर्मिला वाइबालाई धरौटीमा छोड्न आदेश
काठमाडौँ ।आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । कुटपिट र विद्युतीय कारोबारको मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकी वाइबालाई अदालतले छोड्ने आदेश दिएको हो । केही समयअघि वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि उनलालाई पक्राउ गरेकाे थियाे ।
सम्पत्ती न्यूज
१३ चैत्र २०८०, मंगलवार