चार जना असइसहित २३ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन आउन अनुराेध

Nepal Cover
१३ चैत्र २०८०, मंगलवार
image

काठमाडाै । नेपाल प्रहरीले चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी लामाे समयसम्म सम्पर्कमा नआएपछि सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन अनुराेध गरेकाे छ ।

सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि पुन सात दिनकाे सूचना जारी गर्नुपरेकाे प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

सूचना जारी भएकाे सात दिनभित्र पनि उपस्थित नभएमा सेवाबाट हटाइने र कानुनबमाेजिम कारबाही हुने सूचनामा उल्लेख गरेकाे छ ।