काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (सोमबार) शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अंकले घटेको छ।
नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ३०४ कम्पनीको ४४ हजार २३६ पटक भएको कारोबारमा ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ३७ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको स्थिर रहेको छ ।
नेप्से घटेपनि आज दुई कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।