अदालतका दुई कर्मचारी घुससहित पक्राउ
काठमाडौँ । सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई घुससहित…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार