काठमाडौँ । सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई घुससहित कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको हो।
टंगालस्थित आयोगको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अगाडी बढाइएको छ ।