बाढीले क्षति भएका संरचनाहरुको पुननिर्माणका लागि माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको उत्पादन बन्द

Nepal Cover
२७ कार्तिक २०८१, मंगलवार
image

दोलखा, अपर तामाकोशी हाईड्रोपावर लिमिटेडअन्तर्गत सञ्चालित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

गत असोज १० गतेदेखि देशव्यापी रुपमा आएको अविरल वर्षाका कारण उक्त जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको ड्याम अपरेशनल कन्ट्रोल बिल्डिङ, सेट्लिङ बेसिन, बक्स कल्भर्ट, हाईड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु,ट्रान्समिशन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनामा क्षति हुन गएकाले पूर्ण रुपमा विद्युत उत्पादन बन्द भएको हो ।

बाढीको कारण क्षति भएका संरचनाहरुको मूल्यांकनपश्चात पुननिर्माणको कार्य अघि बढाइएको कम्पनीले जनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ ।