त्रिकोणात्मक टी–२० सिरिज : नेपाल आज भारतको बरोडासँग खेल्दै
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज भारतको बरोडासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा गुजरातलाई ८ विकेटले परास्त गरेको नेपालले मंगलबार दिउँसो २ः४५ बजे बरोडासँग खेल्न लागेको हो । नेपाल आजको खेल आफ्नो पोल्टामा पारेर जितको सिलसिलालाई यथावत् राख्न चाहन्छ । उता बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालको टोली रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप…
सम्पत्ती न्यूज
२० चैत्र २०८०, मंगलवार