रूसी सेनामा आबद्ध परिवारको गर्‍यो प्रदर्शन, १८ जना प्रहरीकाे नियन्त्रणमा

  Sampatti News Online

April 1, 2024

काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका रुस–युक्रेन युद्धकाे क्रममा मृत्यु तथा घाइते भएका परिवारहरूले प्रदर्शन गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । 

उनीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:April 1, 2024