घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
१९ चैत्र २०८०, सोमबार
image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​

  लेखापाल निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा उनले धरौटी रकम फिर्ता गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग सो रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।  उनीसँग सोही रकम बराबरको बिगोसहित जरिवाना माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।    

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (क) बमोजिम कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।