मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीवार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जनाएको छ ।पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।…
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार