बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना तत्कालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ। चिडियाखाना व्यवस्थापनका अनुसार बर्डफ्लु पुष्टि भएसँगै आवश्यक स्वास्थ्य…
सम्पत्ती न्यूज
५ असार २०८३, शुक्रबार