फिलिपिन्समा बाढी र पहिरोबाट ५८ जनाको मृत्यु
काठमाडौं - फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । ‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
सम्पत्ती न्यूज
३० चैत्र २०७८, बुधबार