सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु

  Sampatti News

April 12, 2022

काठमाडौं- सर्लाहीको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मङ्गलवार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दिउँसो करेन्ट लागेर अचेत बनेका गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारेको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

प्रकाशित मिति:April 12, 2022