काठमाडौँ । बालेन्द्र शाह(बालेन)नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको भए पनि तत्काल सार्वजनिक गरिएको थिएन ।
२०८२ चैत्र १३ गतेको निर्णयअनुसार सरकार प्रशासनिक सुधार, सुशासन, डिजिटल सेवा विस्तार र भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राख्दै व्यापक परिवर्तनको तयारीमा जुटेको छ।
सरकारले शनिबार साँझ कार्यसूची सार्वजनिक गर्दै सेवा प्रवाह, सुशासन, प्रशासनिक पुनर्संरचना तथा डिजिटल शासनलगायत क्षेत्र समेटेर सुधारका प्राथमिकता अघि सारेको जनाएको छ ।