ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

Nepal Cover
१५ चैत्र २०८२, आईतवार
image

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिदै छ । भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका ओली र लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।

शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्नु पर्ने हुन्छ ।

ओली पक्राउपछि अस्पतालमा भर्ना भएका छन् । लेखक प्रहरीको २ नम्बर गण महाराजगन्जमा छन् । शनिबारदेखि नै एमालेले अध्यक्षको गिरफ्तारीमा देशभर आन्दोलन सुरु गरेको छ भने आज पनि प्रदर्शन र विरोध गर्दैैछ ।