कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २ बजे बस्दै

Nepal Cover
३० चैत्र २०७८, बुधबार
image

काठमाडौँ – आज (वुधबार) पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ।

साथै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए। अब स्थानीय तहको चुनाव आउन ३० दिन मात्रै बाँकी रहेको छ।