दोहोरिए सडक बिभागको महानिर्देशकमा अर्जुन थापा
काठमाडौ । भौतिक पुर्वाधार निर्माण यातायात मन्त्रालय अन्तर्गत रहेको सडक बिभागमा महानिर्देशकका रूपमा अर्जुनजङ्ग थापालाई जिम्मेवारी दिने गरि निर्णय भएको छ । बिभागमा ५ महिना यस अघि पनि महानिर्देशकको जिम्मेवारी समालिसक्नु भएका थापालाई मन्त्रालयमा सरुवा गरि मन्त्रालयबाट शिबहरी सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिएको थियो । महानिर्देशक सापकोटाको सेवा अबधि सकिएसँगै निमित्त महानिर्देशकका रुपमा एकमहिना देखि शिव नेपालले काम गर्दै आउनुभएको थियो…
सम्पत्ती न्यूज
२० जेष्ठ २०७९, शुक्रबार