दोहोरिए सडक बिभागको महानिर्देशकमा अर्जुन थापा

  Sampatti News

June 3, 2022

काठमाडौ‌ । भौतिक पुर्वाधार निर्माण यातायात मन्त्रालय अन्तर्गत रहेको सडक बिभागमा महानिर्देशकका रूपमा अर्जुनजङ्ग थापालाई जिम्मेवारी दिने गरि निर्णय भएको छ । बिभागमा ५ महिना यस अघि पनि महानिर्देशकको जिम्मेवारी समालिसक्नु भएका थापालाई मन्त्रालयमा सरुवा गरि मन्त्रालयबाट शिबहरी सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिएको थियो । महानिर्देशक सापकोटाको सेवा अबधि सकिएसँगै निमित्त महानिर्देशकका रुपमा एकमहिना देखि शिव नेपालले काम गर्दै आउनुभएको थियो ।

बिभागका सिनियर सहसचिव नेपाललाई सरकारले महानिर्देशकको जिम्मेवारि दिने चर्चा व्यापक रूपमा चलेको भएपनी सरल अनि काममा बिश्वास गर्ने धेरै चलखेल गर्न नसक्ने नेपालले महानिर्देशकको जिम्मेवारी पाएनन । यस अघि महानिर्देशक भैसकेका थापा पुन बिभाग भित्रनुलाइ केही महिना कामको लयमा हिडेको बिभाग कतै माफियाको कब्जामा जाने त होइन प्रश्न उब्जाएको छ ।

हरेक ब्यक्ति वृद्धि बिकास मात्रै चाहादैनन् यसको उर्जाले परिणाम हासिल हुन्छ । तर एक ब्यक्तिलाई पटक-पटक एउटै पद दिँदा सडकमा जनताको तहबाट कुलमान जस्तै भएर थापाको खोजी गरिएको त होइन भन्ने चर्चाले बजार पाएको छ । यद्यपि थापाको पहिलो महानिर्देशक कार्यकालमा बिभागभित्र त्यस्तो उल्लेखनीय कार्य हुन नसकेको बिभाग भित्रका इन्जिनियरहरु स्वीकार गर्छ्न ।

उहाँको कार्यकालमा गुप्ता थरका कालोसूचीमा परेका दलाली गर्नेहरूले बिभाग घेरेर बसेकाले थापाले थेरै काम गर्न सकेनन् तर दोहोरिएर आएका नव नियुक्त महानिर्देशकले आफ्नो जागिरको बाँकी एक वर्षको कार्यकालमा भने केही गर्छ्न कि त्यो भने हेर्न बाँकी रहेको बिभाग नियाल्नेहरुको धारणा छ । महानिर्देशक थापाले सोमबारदेखि आफ्नो दोश्रो कार्यकालको सुरुवात गर्ने बताइएको छ ।

प्रकाशित मिति:June 3, 2022