काठमाडौं-नेकपा एकीकृत समाजवादीको लागि राष्ट्रिय सभा सदस्य बामदेव गौतमले शब्द संरचना गरेर चुनावी गीत तयार पारेका छन् । माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ बोलको चुनावी गीत गौतमले लेखेका हुन् । उक्त गीत मंगलबार युट्युवमा सार्वजनिक गरिएको हो । सार्वजनिक भएको चुनावी गीतको भिडिओमा एकीकृतका शीर्ष नेता लगायत बामदेव पनि देखिन्छन् । https://youtu.be/AV1MPzzA4C4