२ सय करोड ठगी केसमा ज्याकलिन फर्नान्डिज

Nepal Cover
२० मंसिर २०७८, सोमबार
image

एजेन्सी-बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डिज २ सय करोड ठगी केसमा फसेकी छिन् ।

२ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण फर्नान्डिज ठगी केसमा फसेकी हुन् ।

प्रहरीले अभिनेत्री फर्नान्डिजलाई देश छोडेर बाहिर जान प्रतिबन्ध लगाएको छ।

आइतबार प्रहरीले ज्याकलिनलाई मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको हो।

सलमान खानको ‘द–बैंग टुर’का लागि साउदी रियाद उड्ने तयारीमा रहेकी ज्याकलिनलाई प्रहरीले रोकेको हो ।

२ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको फोटो सार्वजनिक भएपछि प्रहरीले ज्याकलिनलाई निगरानीमा राखेको थियो ।

प्रहरीले ज्याकलिनलाई ठगी केशमा मतियार रहेको हुन सक्ने आशंका गरेको छ।

यस विषयमा ज्याकलिनको अहिले सम्म केही प्रतिक्रिया आएको छैन् ।

२ सय करोड ठगी केसमा ज्याकलिन फर्नान्डिज