काठमाडौँ । संघीय सरकारका मन्त्रीहरूले आगामी चैतसम्म आधा तलबमात्र लिने भएका छन् । कोरोना संक्रमणको भयावह परिस्थितिमा संक्रमण न्युनीकरण तथा रोकथामका लागि मन्त्रीले आधा तलब कोरोना कोषमा जम्मा गर्ने भएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिरदेखि आगामी चैतसम्मको आधा तलब नलिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन । यसअघि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको…