मन्त्रीले चैतसम्म आधामात्र तलब लिने

  Sampatti News

November 10, 2020

काठमाडौँ । संघीय सरकारका मन्त्रीहरूले आगामी चैतसम्म आधा तलबमात्र लिने भएका छन् । कोरोना संक्रमणको भयावह परिस्थितिमा संक्रमण न्युनीकरण तथा रोकथामका लागि मन्त्रीले आधा तलब कोरोना कोषमा जम्मा गर्ने भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिरदेखि आगामी चैतसम्मको आधा तलब नलिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन ।

यसअघि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको मंसिरदेखि चैत महिनासम्मको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीले कोरोना काल (चैत)देखि अहिलेसम्म तलब नलिएको बताएका छन् । अब मन्त्रीहरूले पनि आधामात्रै तलब लिने भएका हुन् ।

प्रकाशित मिति:November 10, 2020