काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको…