काठमाडौ। तत्कालीन प्रधानमन्त्री केपि ओलिलाई रकम बुझाएर महानिर्देशक बनेका सडक बिभागका डाक्टर बिजय जैसीको कम्जोर कमान्डले बिभाग लथालिङ्ग बन्न पुगेको देखिन्छ।
प्राप्त जानकारी अनुसार रकमको बलमा महानिर्देशक भएका जैसीले आफनो स्वार्थका मात्रै काम गर्दा र समन्वय गर्न नसक्दा ४ जना उपमहानिर्देशक चार तिर फर्किएका मात्रै छैनन। सबै शाखाको काम अबरुद्ध बनेको छ।नयाँ मन्त्रीले कामको मेलो सरोस भन्नू र निर्देशन दिनु स्वभाबिक भएपनि बिभागको बास्तबिकता बुझ्न नसक्दा सरकार परिवर्तनले सडक बिभागलाई प्रभाव पार्न सकेन भन्नेहरूको संख्या बाक्लो बन्दै गएको छ। जनतामा आशा र बिश्वास सहितको भरोसा गहिरो छ तर नेतृत्वको ल्याङ्फ्याग्ङ्गे शैलीले मन्त्री कुलमान घिसिङले बिभागबाट अपेक्षित नतिजा पाउनेकुरामा शंका बढेको छ। महानिर्देशक कम्जोर बने सगै जिल्लाभरका सब डिभिजन कार्यालयले समेत आपनो काम अगाडि बढाउन सकेको छैन।मन्त्रीलाई तीन वटा मन्त्रालयको चाप हुदाहुदै पनि सबै मन्त्रालयलाई चलायमान बनाउनेतर्फ लागी परेको देखिन्छ ।जनताले गरेको भरोसा लाई पूरा गर्छु भन्दै दिनरात घामपानी नभनी मन्त्री खटिएका छ्न तर उहाँले सडक बिभाग लक्ष्यित पटकपटकको दिएको निर्देशन र ताकेता फिक्का बन्न पुग्नु दु:खद भएको बताइन्छ।प्राप्त जानकारी अनुसार बिभागमा कालिगण्डकी कोरिडोरको अर्मादी फलेबास खण्डको ठेका २०८२ बैशाखमा खोलेको ठेक्का आज सम्म निर्णय हुन सकेको छैन।
त्यसैगरी चरिकोट डिभिजनको बार्हबिसे तातोपानी खण्डको ठेक्का २०८२ जेष्ठमा सूचना निकाले पनि अहिले सम्म निर्णय हुन नसक्नुका पछाडि महानिर्देशक बन्न गरेको लगानी उठाउने सोचाइले काम गरेको बताइन्छ।
त्यस्तै सुर्यविनायक धुलिखेल सडकको भेरियसन् आदेश करिब १ बर्ष देखि निर्णय नगरी राखेकोमा पछिल्लोपटकको मन्त्रीले मन्त्रालयमा दिएको निर्देशन सगै मन्त्री रिसाउलान भन्ने ठानेर दसैं अगाडी मात्रै निर्णय गरेका थिए यदि त्यस्तो बुझाइ थिएन भने त्यो काम पनि रोकिरहने समाचार श्रोतले बतायो।
–बिभागको सरुवा ठप्प
लामो समय देखी बिभाग भित्र आफैले गर्ने इन्जिनियर र सब इन्जिनियर को सरुवा असोज भित्र गरिसक्नु पर्नेमा हाल सम्म गर्न सकेका छैनन् । बिभागका उपमहानिर्देशकहरुले घरमा दुई दुई वटा गाडी राखेर दुरुपयोग गरिरहदा रोक्न नसक्नु कम्जोर कमाण्ड नै प्रमुख कारण बन्न पुगेको बताइन्छ ।त्यस्तै क्षेत्रीय चार प्रमुख र निर्देशनालयमा रहेका चार प्रमुखहरूलाई परिचालन गर्न नसक्दा मातहतका काम समेत ठप्प देखिएकाछन्।
पछिल्ला दिनमा नागढुङा देखि सुर्यबिनायक धुलिखेल सडकका प्रमुख सम्म अलमल्लमा परेको देखिन्छ । पुल निर्माण देखि सडकको काममा भैरहेको ढिलासुस्तीले नागरिकको तहमा देखिएको निरासालाई आशा जगाउन मन्त्री घिसिङले देखाएको सक्रियता र गरेका प्रतिबद्धता पूरा गराउन मन्त्रालयले गम्भीरतापूर्वक समिक्षा गर्नुपर्ने देखिन्छ।