माओवादीको सचिवालय बैठक बस्दै, पार्टी एकताबारे निर्णय हुने

Nepal Cover
१६ कार्तिक २०८२, शनिबार
image

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को  सचिवालय बैठक अाज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । 

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए । 

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।