शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ-मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताउनुभएको छ । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताउनुभयो । उहाँले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिनुभयो । सो अवसरमा संस्थागत विद्यालय अभिभावक सङ्घका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई…
सम्पत्ती न्यूज
१० कार्तिक २०७८, बुधबार