३ दिनदेखि लगातार बढेको नेप्से आज १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा

  Sampatti News

October 27, 2021

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । गत ३ दिनदेखि लगातार बढेको नेप्सेमा यस दिन प्रोफिट बुकिङ्गका बाबजुद पनि सकारात्मक भएर बन्द भएको छ।

यस दिन नेप्से सूचक १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ०.४९ अंकले बढेको छ।

गत तिन दिनदेखि लगातार बढेको बजारमा बजार खुलेदेखि नै प्रोफिट बुकिङ्ग शुरु भएको थियो। लगानीकर्ता नाफा बुकतर्फ लाग्दा पनि नेप्से सूचक भने सकारात्मक नै देखिएको छ।

यस दिन बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरु सबै भन्दा बढी अधिकतम ८.६८ प्रतिशतले कमाएका छन् भने एभरेष्ट बैंक लिमिटेडका सेयरधनीहरूले आज सबैभन्दा बढी ५.२४ प्रतिशत गुमाएका छन् ।

१८ अंकले बढेको बजारमा आज ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको छ । गत मंगलबार अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको थियो

प्रकाशित मिति:October 27, 2021