काठमाडौँ ।प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दिउँसो ३ः३० बजेका लागि बोलाइएको बैठक केहीबेर आघि सुरु भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो।
बैठकमा समसामयिक सरकारी कार्यसूची तथा नीतिगत विषयमा छलफल भइरहेको जनाइएको छ।