प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन

  Sampatti News

October 26, 2021

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले सुझाव दिएका छन् ।

बार सल्लाहकार समिति सदस्यहरुको मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईका अनुसार सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने बताएका थिए ।

तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए ।

प्रकाशित मिति:October 26, 2021