सिटिसी मल लिलाम बिक्रिमा
काठमाडौँ-सुन्धारास्थित सिटिसी मल लिलाम बिक्री हुने भएको छ । ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १३२ पसल लिलामी गर्ने सूचना कर्मचारी सञ्चय कोषले सोमबार जारी गरेकाे छ । सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेकाले लिलामी गर्न लागेको हो। आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ। सिटिसी मलमा घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी छ ।…
सम्पत्ती न्यूज
२६ बैशाख २०७९, सोमबार