आज संसद् दिवस मनाइँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौँ । नेपालमा आज संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ । विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो । यस अवसरमा पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने जनाइएको छ ।
सम्पत्ती न्यूज
१६ असार २०७९, बिहीबार