मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका स्वास्थ्य सस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले सो अवसरमा स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न १०० दिने कार्यक्रम सार्वजनिक समेत गर्नुभयो…