नेकपा नेत्री रामकुमारी झाँक्री रिहा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो । राज्यविरुद्धको अपराधअन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको थियो…
सम्पत्ती न्यूज
२९ माघ २०७७, बिहीबार