प्रदेश १ प्रदेशसभा बैठक सत्तापक्षबाटै अवरुद्ध

  Sampatti News

February 7, 2021

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक सत्ता पक्षबाटै अवरुद्ध भएको छ । १८ दिनपछि आज (आइतवार) बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न लागिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सांसदहरुबाट बैठक अवरुद्ध गरेका हुन् ।

बैठक शुरु हुनेबित्तिकै सत्तापक्ष नेकपा ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति:February 7, 2021