घुससहित पक्राउ परेका वडा अध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका अलीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार