घुससहित पक्राउ परेका वडा अध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
१७ बैशाख २०८१, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो । घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका अलीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार १५ हजार रुपैयाँ नै बिगो कायम गरेर कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।