बढ्न थाले कोरोना सङ्क्रमित
साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणदर फेरि बढ्न थालेका छन् । केही महिनायता स्थिर रहेका कोरोना भाइरसको सङ्क्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दैनिक सरदर 6/7 जनामा कोरोना सङ्क्रमण देखिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना सङ्क्रमित भेटिएको बताउनुभयो । “साउनदेखि प्रत्येक दिनजसो सङ्क्रमित भेटिने गरेका छन्,” उहाँले…
सम्पत्ती न्यूज
१६ श्रावण २०७९, सोमबार