विश्वविद्यालयमा तालाबन्दी गरेर समस्या समाधान हुँदैन
काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले सो मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताउनुभएको छ । ज्ञान गोष्ठी संवाद शृङ्खला–६ द्वारा आयोजना गरेको ‘विश्वविद्यालयको सङ्कटमोचन’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय प्रणालीलाई पुनःनिर्माण गर्नुपर्ने भएको छ । यसको स्वरूप ठूलो भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न केही क्याम्पस सार्नुपर्ने देखिन्छ…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार