मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  Sampatti News

February 20, 2022

मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान महाशपूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु/ कुहिरो  लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री रहेको छ ।

सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २६ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु विभागले अनुरोध गरेकाे छ।

मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

प्रकाशित मिति:February 20, 2022