सामान्य प्रशासन मन्त्रालयद्वारा ४ सहसचिवको सरुवा

  Sampatti News

February 20, 2022

सामान्य प्रशासन मन्त्रालयद्वारा ४ सहसचिवको सरुवा

काठमाडौँ-सरकारले चार जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बैठकले चार जना सहसचिवको सरुवा गरेको हो ।

मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकमा बाबुराजा श्रेष्ठलाई नियुक्त गरिएका छ ।

निजामती किताबखानामा नै उपमहानिर्देशक रहेका श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरिएको हो ।

साथै सहसचिव कुमार दाहाललाई नीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ ।

सहसचिव तुलसीबहादुर श्रेष्ठलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

सहसचिव प्रदीप कोइरालाभने उद्योग मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयद्वारा ४ सहसचिवको सरुवा

प्रकाशित मिति:February 20, 2022