विष्णु पौडेललाई थप  ६  दिन थुनामा राख्न अदालतको अनुमति

सम्पत्ती न्यूज
१८ असार २०८३, बिहीबार
image

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।