तीन दिने पृतनापति सम्मेलन आजबाट सुरु
काठमाडौँ । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने जनाइएको छ । सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका ८ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार