शुक्रबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Nepal Cover
३० आश्विन २०७७, शुक्रबार
image

काठमाडौँ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार स्थिर रहेको सुनको मुल्य आज भने थोरै बढेको हो । चाँदीको मुल्य आज स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।