आजबाट जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेक सबै सेवा बन्द

Nepal Cover
२ कार्तिक २०७७, आईतवार
image

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुर बाट प्रवाह हुने अत्यावस्क बाहेकका सबै सेवाहरु आज(कार्तिक २) गतेबाट अनिश्चितकालका लागि स्थगित गरिएको छ । उपत्यकामा संक्रमण दर बढ्दो भएसँगै जिल्ला प्रशासन कार्यलयले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भिडभाड अत्याधिक भई संक्रमण सेवाग्राहीमासमेत फैलनसक्ने उच्च जोखिम रहेको भन्दै अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।

कोभिड(१९ को संक्रमणले भयावह रुप लिन सक्नेन अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवं निश्कर्षका आधारमा सो निर्णयमा पुगेको बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।