कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने
काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनमा अरु राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार संसदीय दलको बैठक…
सम्पत्ती न्यूज
१९ माघ २०७९, बिहीबार